14, Jun, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको प्रेस सल्लाहकारमा कमल रायमाझी नियुक्त

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ जेष्ठ २०८१, सोमबार ११:१८ | ३ दिन अगाडी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले रुपन्देहीका पत्रकार कमल रायमाझीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । भैरहवामा रहेर रासस, समता टेलिभिजन, लुम्बिनी खबर पत्रिकामा कार्यरत रहेका रायमाझीलाई महराले प्रेस सल्लाहकार बनाएका हुन् ।

प्रेस सेन्टरका नेता रहेका रायमाझीलाई सो जिम्मेवारी दिन नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केही समय अघि मुख्यमन्त्री महरालाई सिफारिस गरेका थिए । रायमाझीले आफूले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जिम्मेवारी पाएसँगै पत्रकारहरूका लागि सूचनामा सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

२८ जेष्ठ २०८१, सोमबार ११:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading