वि.सं.२०८१ माघ १ मंगलवार

टी-२० विश्वकपका लागि सन्दीप सन्दीपलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले दिए शुभकामना

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले सन्दीप लामिछानेलाई टी-२० विश्वकपका लागि शुभकामना दिएका छन् ।

वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुन सोमबार त्यहाँ पुगेका लामिछानेलाई आचार्यले बधाई र नेपाली टोलीलाई सफलताको शुभकामना दिएका हुन् ।

लामिछाने सोमबार नै वेस्ट इन्डिज पुगिसकेका छन् । अमेरिकाले भिसा नदिएपछि उनले अमेरिकामा हुने २ खेल गुमाएका छन् ।

वेस्ट इन्डिजमा बङ्गलादेश र साउथ अफ्रिकासँग उनले खेल्नेछन् ।