20, Jun, 2024

मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक असई र सहायक हवलदारको मृत्यु

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ जेष्ठ २०८१, सोमबार ०९:३९ | १ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) र सहायक हवलदारको मृत्यु भएको छ।

शनिबार अपराह्न ४ बजे सिन्धुलीको फिकल गाउँपालिका-५ झगडेवेसीस्थित भित्री सडकमा दुई प्रहरी सवार प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा असई रविन्द्र कुमार ठाकुर र सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक केशव कुमार कटुवालका अनुसार गम्भीर घाइते भएका उनीहरूलाई खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याउनेबित्तिकै असई ठाकुरलाई चिकित्सकले मृत घोषणा गरेका थिए। सहायक हवलदारलाई भने हेलिकप्टरबाट काठमाडौं ल्याइ प्रहरी अस्पताल पुर्‍याइएकोमा उनलाई पनि चिकित्सकले मृत घोषणा गरेको इन्सपेक्टर कटुवालले जानकारी दिए।

आइतबार अपराह्न उनीहरू गस्ती गरेर प्रहरी चौकी रत्नावती फर्कँदै थिए।

मोटरसाइकल असई ठाकुरले चलाएका थिए। भित्री कच्ची सडकमा मोटरसाइकल आफै अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको इन्स्पेक्टर कटुवालले जानकारी दिए।

दुवैको शव कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको उनले बताए।

२८ जेष्ठ २०८१, सोमबार ०९:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading