20, Jun, 2024

नेकपा एमाले फलेवास नगरपालिका पर्वत कमिटीको अध्यक्षमा देवीप्रसाद तिमिल्सिना निर्वाचित

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ जेष्ठ २०८१, आईतवार १५:५१ | १ हफ्ता अगाडी

पोखरा । नेकपा एमाले फलेवास नगरपालिका पर्वत कमिटीको अध्यक्षमा देवीप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । शुक्रबार र शनिबार सम्पन्न दोस्रो नगर अधिवेशनबाट तिमिल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्षमा तिमिल्सिनाले विक्रम जिसीलाई ११८ मतले पराजित गरेका हुन् । तिमिल्सिनाले १६४ र जिसीले ४६ मत प्राप्त गरे । उपाध्यक्षमा तारालाल क्षेत्रीलाई पराजित गर्दै नारायणप्रसाद शर्मा र सचिवमा समुन्द्र शर्मालाई पराजित गर्दै गोविन्दप्रसाद भुसाल निर्वाचित भए ।

उपसचिव खुलामा विनोदप्रसाद भुसाल र महिलातर्फ सुनिता शर्मा विजयी भए । भुसालले जिदुरभुषण क्षेत्री र शर्माले उषादेवी तिवारीलाई पराजित गरेकी हुन् । ७५ सदस्यीय नगर कमिटीमा ७० सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

२७ जेष्ठ २०८१, आईतवार १५:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading