20, Jun, 2024

बुटवलका व्यवसायी गरे गुल्मीको धार्मिक र पर्यटकीय स्थलको भ्रमण

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ जेष्ठ २०८१, आईतवार १२:४३ | १ हफ्ता अगाडी

गुल्मी । उद्योग व्यापार संघ बुटवलको एक टोलीले गुल्मीको रेसुंगा नगरपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरेका छन् ।

संघका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संस्थाको वार्षिक कार्यक्रम अनुसार संघ संस्था भेटघाट र आन्तरिक पर्यटन प्रवद्र्धन अन्तर्गत रेसुंगा तपोभूमि लगायतका स्थानको अवलोकन भ्रमण गरिएको बताए ।

रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले निजी क्षेत्रको साथ र सहकार्यले मात्रै समग्र देशको विकास हुने बताए ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बुटवल व्यवसायको र गुल्मी धार्मिक पर्यटनको हब भएकाले व्यवसाय र पर्यटनमा सहकार्य जरुरी रहेको बताए ।

उद्योग व्यापार संघको टोलीले रेसुंगा तपोभूमि, रेसुंगा पार्क भ्रमण गर्नुका साथै रेसुंगा होम स्टेमा बास बसेका संघका महासचिव यमलाल मरासिनीले बताए ।

२७ जेष्ठ २०८१, आईतवार १२:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading