वि.सं.२०८३ वैशाख १७ बिहीवार

मन्त्री आङ्बुहाङले भने, ‘सांसद पद त्याग्न तयार छु, तर स्पष्टीकरणको जवाफ दिन्र्’

khanepani

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले नेकपा माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेपछि मन्त्री बनेका आङ्बुहाङले स्पष्टीकरणको जवाफ नदिने भएका हुन् ।

जवाफ पठाइरहनुको औचित्य छैन अब पठाउँदा पनि केही हुनेवाला छैन, उनले बताए ‘अर्को दलमा गइसकेका कारण विधान अनुसार उहाँहरुले गर्नुभएको हो, पत्रको जवाफ दिने, नदिने कुराले के औचित्व राख्छ र? उनले स्पष्टीकरण पत्र आफूले अध्ययन पनि नगरेको बताए ।

दलको विधान विपरित काम गरेको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । २४ घण्टाको अवधिमा पत्र नपठाएका उनले जवाफ लेख्नुको औचित्य पनि नभएको बताए ।

पार्टीको अनुमतिमा अर्को दलको मन्त्रिपरिषदमा सहभागी हुनुभएको हो?, स्पष्टीकरण पत्रमा भनिएको छ,‘प्रदेशसभा संसदीय दलको विधान २०७७ को धरा २०७७ को धरा ११(५), राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ (१) र ३२ (२) खको प्रतिकूल तपाईंको गतिविधि देखिएकाले तपाईंलाई यस दलको सदस्यसमेतबाट पदमुक्त किन नगर्ने ?

प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठक चैत २३ गते बस्दैछ । माओवादी केन्द्रको संसदीय दलको नेता त्याग गर्दै एमाले प्रवेश गरेर मन्त्री बनेका आङ्बुहाङलाई बैठक अघि नै पदमुक्त गर्ने तयारी माओवादीले गरेको छ ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जवाफ नआए पदमुक्त गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराउने बताए । पदमुक्त भए उनी सांसदको हैसियतमा प्रदेशसभा बैठकमा सहभागी हुन पाउने छैनन् ।

२३ गतेको प्रदेशसभा बैठक अघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने उनले बताए । बैठक शुरु भएपछि अविश्वासको प्रस्ताव पनि फिर्ता लिनेछ ।

ranechhap