वि.सं.२०८२ जेठ ३० शुक्रवार


skip this manthali

नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो?

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ।

मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

मंगलबारको सुनको मूल्य हालसम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ३५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।