वि.सं.२०८३ वैशाख २० आइतवार

कांग्रेसको प्रश्न, सुरक्षा खतराका कारणले गर्दा प्रधानमन्त्री संसद नआएका हुन् ?

khanepani

काठमाडौं । बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सुरक्षा खतरा, सांसद रेशम चौधरीको रिहाइ, म्यानमारमा भएको आन्दोलनलगायतका विषमया आवाज उठेको छ ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली सुरक्षा खतरा भएर संसदमा नआएको हो भनी प्रश्न गरेका छन् । केही दिनअघि प्रधानमन्त्रीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक आक्रमण हुन सक्ने बताएका थिए ।

‘उहाँ संसदमा नदेखिनुको कारण उहाँमाथिको सुरक्षा खतरा नै हो वा नैतिक खतरा पनि महसुस गर्नुभएको छ ? बडुले प्रश्न गरे ।

सांसद बडुले प्रधानमन्त्रीको सुरक्षाका लागि गृह मन्त्रालयले के तयारी गरेको छ भनी प्रश्न गरे । यदि सुरक्षा खतरा नभए प्रधानमन्त्रीले देशको सुरक्षा संयन्त्रप्रति किन गैर जिम्मेवार अभिव्यक्ति दिएको भनी बडुले प्रश्न उठाए । यस विषयमा प्रधानमन्त्री, गृहमन्त्री वा सरकारको प्रवक्ताले संसदमा जवाफ दिनुपर्ने बडुले बताए ।

ranechhap