14, Dec, 2024

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज इन्धनको गन्ध आएको कारण थप प्राविधिक परिक्षणका लागि धावनमार्गबाटै फर्काइयो

बागमती भ्वाइस
बागमती भ्वाइस
२० जेष्ठ २०८१, आईतवार ०९:२४ | ६ महिना अगाडी

काठमाडौं । धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुन: पार्किङमा फर्काइएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो ।

जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।

विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८:२५ मा उडिसक्नु पर्ने थियो ।

२० जेष्ठ २०८१, आईतवार ०९:२४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading