वि.सं.२०८३ वैशाख १७ बिहीवार

मेलम्चीको पानी वितरण भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारी बाट शुभारम्भ गरिँदै

khanepani

काठमाडौं । आगामी चैत २० गते अर्थात् शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गर्ने भएकी छिन् । काठमाडौंमा एक समारोह नै आयोजना गरेर पानी वितरणको औपचारिक सुरुआत गर्न लागिएको हो ।

खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता रमेश न्यौपानेकाअनुसार भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी ढुङ्गेधारा बनाएर मेलम्चीको खानेपानी वितरण औपचारिक सुरुआत गरिनेछ । सर्वसधारणले निःशुल्क पिउन मिल्ने गरी भृकुटीमण्डपमा अहिले ३ वटा धारा बनाइँदैछ ।

पानी वितरणको परीक्षण सफल भयो,’ न्यौपानेले बताए,’शुक्रबार राष्ट्रपतिज्युबाट पानी वितरणको औपचारिक शुभारम्भ हुनेछ ।

आयोजनाको बाँधस्थल हेडवर्क्सको काम नसकिए पनि खोलाबाट सिधै सुरुङमा पानी राखेर काठमाडौंमा मेलम्चीको पानीको वितरण सुरु भइसकेको छ ।

गत चैत १५ गतेबाट नै आयोजना गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले काठमाडौंमा मेलम्चीको पानी वितरण गर्न थालेको थियो । त्यसक्रममा समेत औपचारिक कार्यक्रम नै आयोजना गरेर केयूकेएलले मेलम्चीको पानी वितरण सुरु भएको घोषणा गरेको थियो ।

सो दिन ‘मेलम्ची खानेपानी वितरण शुभारम्भ कार्यक्रम ब्यानर नै राखेर कार्यक्रम आयोजना गरेकोमा खानेपानी तथा सरसफाइ मन्त्रालयले आपत्ति जनाएको केयूकेएल स्रोतले बताए ।

त्यसदिन ब्यानार नै राखेर कार्यक्रम गर्न नहुने थियो, स्रोतले भन्यो,राष्ट्रपतिमार्फत पानी वितरण सुरु गर्ने मन्त्रालयको पूर्वयोजनाअनुसार चैत २० मा कार्यक्रम गर्न लागिएको हो ।

शुक्रबार दोस्रोपटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भकार्यक्रम हुनेछ ।

ranechhap