14, Dec, 2024

दैलेखको जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन् र अन्वेषण तीव्र

बागमती भ्वाइस
बागमती भ्वाइस
१८ जेष्ठ २०८१, शुक्रबार १३:०८ | ६ महिना अगाडी

दैलेख । जिल्लाको भैरवी गाउँपालिका-१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन् एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।

उत्खनन्‌को क्रममा २१८ मिटर ड्रिलिङ भएको छ । चार हजार पाँच सय मिटरसम्म ड्रिलिङ गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए ।

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।

१८ जेष्ठ २०८१, शुक्रबार १३:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading