वि.सं.२०८२ असार ३० सोमवार


skip this manthali

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्णचन्द्र देवकोटा नियुक्त

काठमाडौ । काठमाडौ गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोगको देवकोटालाई उपाध्यक्षमा नियुक्त गरेका हुन्। देवकोटालाई बिहीबार शपथग्रहण गराइएको थियो।

देवकोटा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ३ का हुन्। मुख्यमन्त्री पाण्डेले देवकोटालाई पहिलो कार्यकालमा पनि उपाध्यक्षमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री पाण्डे पनि गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ का हुन्।

देवकोटाले दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका छन्।

देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस) मा आबद्ध छन्।