वि.सं.२०८२ असार ३० सोमवार


skip this manthali

बढ्यो अमेरिकी डलरको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

एजेन्सी । बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६६ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३९ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको २७ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ २४ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८९ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ २३ पैसा र बिक्रीमा ८८ रूपैयाँ ६३ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७५ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ५८ पैसा र बिक्रीदर १७० रूपैयाँ ३५ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २३ र बिक्रीमा ३६ रूपैयाँ ३९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ २९ पैसा र बिक्रीमा २८ रूपैयाँ ४२ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ६५ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ६० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५४ पैसा तोकिएको छ।