वि.सं.२०८३ वैशाख १७ बिहीवार

अष्टलक्ष्मी शाक्यले भनिन् ‘संसदीय दलको बैठकमा मुख्यमन्त्रीको कमजोरी’

khanepani

हेटौंडा । नेकपा एमालेको वाग्मती प्रदेश संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुँदैछन् ।

नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले अहिले दल पनि एक भइसकेको र आफूहरुले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिइसकेकाले बैठकमा जाने बताइन् ।

उनले भनिन्, ‘हामी नतमस्तक भएर डोरमणि पौडेलेको कुरा सुन्न दलको वैठकमा जाने होइनौं, आफ्नो कुरा राख्न, सरकारले गरेको गल्ती कमी कमजोरी औंल्याउन जाने हौ ।

विगतमा पनि पार्टी नफुट्दा सरकारलाई निरन्तर सुझाव र सल्लाह दिइरहेको भन्दै नेतृ शाक्यले आफूहरुको कुरा मुख्यमन्त्रीले निरन्तर बेवास्ता गरेको बताइन् ।
मुख्यमन्त्री पौडेलले महत्वपूर्ण योजना रकमान्तर गरेर आफू अनुकुलका प्रदेश सभा सदस्यहरुलाई दिएको जानकारी आएको भन्दै उनले यस विषयमा बुधबारको बैठकमा जवाफ माग्ने बताइन् ।

बागमती प्रदेश संसदीय दलमा एक भएता पनि आफूहरुले प्रदेश तहमा पार्टीको समानान्तर कमिटी बताउने नेतृ शाक्यले बताइन् । ‘हाम्रा पक्षका नेताहरुलाई निषेध गरिएको छ, एकात्मक शैलीले सबै आफ्नो मान्छे मात्रै कमिटीमा राखिएको छ त्यसकारण हामीले प्रदेश कमिटी पनि समानान्तर बनाउने छौं, दलमा भने एक भएर अगाडि बढ्ने र गलत कुरालाई आलोचना गर्ने तयारी गरेका छौं’ उनले भनिन् ।

बागमती प्रदेश सभामा ११० सदस्य सांसदमध्ये एमालेका ५७ जना सांसद छन् । जसमा एमाले अध्यक्ष केपी शर्मा ओली निकटका डोरमणि पौडेल मुख्यमन्त्री र संसदीय दलको नेता छन् । एमालेबाट निर्वाचित सभामुख सानुकुमार श्रेष्ठबाहेक ५६ सांसदमध्ये ओली पक्षका ३४ जना छन् ।

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध १० माघमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले अविश्वास प्रस्ताव दर्ता गरेको थियो । तर उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल नहुँदै २३ फागुनमा सर्वोच्च अदालतले दलको नामसम्बन्धी एउटा विवादमा एमाले र माओवादी केन्द्र अलग अलग दल रहने फैसला सुनाएको थियो ।

त्यसपछि नेकपा एमालेले आग्रह गरेअनुसार वाग्मती प्रदेशका एमाले सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका थिए ।

ranechhap