वि.सं.२०८१ फागुन ४ आइतवार

बेलायतमा संसद विघटन, प्रधानमन्त्री सुनकले घाेषणा गरे निर्वाचनको मिति

एजेन्सी । बेलायती प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री सुनकले आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन्। संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको उनले बताएका छन् ।

बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ। यदि तोकिएको प्रक्रिया अपनाएको भए बेलायतमा २८ जनवरी २०२५ अघि चुनाव भइसकेको हुन्थ्यो। तर सत्तारुढ दलमा रहेको विवादका बीचमा सुनक निर्वाचनमा गएको बताइएको छ।

Untitled