वि.सं.२०८३ वैशाख १९ शनिवार

खानेपानी मन्त्री थापा कि वीना मगर अन्यौल, सिईओ शाक्य मगरको गोटी

khanepani

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का भ्रष्टाचारीहरु मेलम्चीको पानीलाई ढाल बनाएर कारवाहिबाट उम्कन खोजिरहेका छन ।
कागताली परेर केयूकेएलको सिईओ भएका मिलनकुमार शाक्यले काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यन्वयन निर्देशनालयले मेलम्चीको पानी वितरण उद्घान राष्ट्रपतिबाट गराउने तयारी गर्दा गर्दै उनले आफ्नै पहलमा छामामार शैलिमा यहि १५ गते शनिवार महाँकालचौर शाखामा भब्य पत्रकार

सम्मेलन गरेर मेलम्चीको पानी ग्राहकहरुको घर घरका धारामा झरेको घोषणा गरेर आफुलाई अब्वल देखाउने प्रयास गरेका छन ।
उनले मेलम्ची आयोजना र मेलम्ची समितिलाई समेत थाहै नदिइकन पानी वितरण शुभारम्भ गरेर मेलम्चीको पानी ल्याउन पहल गर्ने मुख्य संस्था र राष्ट्रपतिको समेत अपमान गरेका छन ।

राष्ट्रपतिको बहुलीबाट मेलम्चीको पानी शुभारम्भ गर्न आयोजना निर्देशनालयले भृकुटी मण्डपमा तयारी गरिरहेको जानकारी हुदाँ हुर्दै उनले यसरी आफ्नै कार्यालयका दूई डिपुटी सिईओ तथा बिभागीय प्रमुख बिजय तिमल्सीना र ज्ञानेन्द्र कार्कीलाई समेत सुइको नदिइकन शाक्यले आफु खुशी कार्यक्रम गरेकोमा धेरै सरोकारवालाहरु आश्र्चायमा परेका छन ।

समाचार स्रोतका अनुसार, पूर्व मन्त्री वीना मगरको निर्देशन अनुसार आफु पपुलर हुनकै लागि उनले यो कार्यक्रम गरेको भन्ने आरोप पनि शाक्यमाथि लागेको छ । अहिले पनि खानेपानीका केहि कार्यालयहरुमा मन्त्री थापाको भन्दा मगरकै आदेश चल्ने गरेको कर्मचारीहरु वीच चर्चा चल्ने गरेको छ ।

आम मानिसहरुको चासो र धेरै लामो प्रतिक्षापछि आएको मेलम्चीको पानीका विषयमा कसैको विमती अवस्य पनि छैन । सूरुका दिन देखि जो जसँले पानी ल्याउन पहलकदमि लिए उनीहरु पनि सम्मानका पात्र अवश्य पनि छन । यसमा धेरै मानिसहरुको श्रम र पसिना अवश्य पनि सिंचित भएकै छ । तर,

शाक्यले एउटा विधि र प्रक्रियालाई आफ्नो मुढेबलका रुपमा मिच्न खोजेको आरोप लाग्नु अवश्य पनि राम्रो भने होइन ।
उनले मेलम्चीको पानी वितरण शुभारम्भ गरिसकेको हुदा राष्ट्रपतिले पुनः उद्घान गर्न त्यति इच्छा नदेखाएको कारण कार्यक्रम केहि ढिला हुनसक्ने सरोकारवालाले अनुमान लगाएका छन ।

शाक्यले सुन्दरीजलमा नवौ तहको दरबन्दी भएको ठाउँमा सात तहको कर्मचारी प्रमुख बनाएर पठाएका छन । नबौ तह र आठ तहका इन्जिनियरहरु हुँदा हुर्दै शाक्यले किन साततहको कर्मचारी पठाए भनेर सर्वत्र चर्चा चलेको छ, भने कर्मचारी व्यवस्थापनबाटै उनको विरोध भइरहेको छ ।

यहि टिट्ट मेन्टप्लान्ट कै लागि ठेकेदारले भारतमा लगेर तालिम दिएका कर्मचारीलाई नपठाइकन तालिम नै नलिएका कर्मचारी पठाएको आरोप पनि शाक्यलाई लागेको छ ।

केयूकेएलको भ्रष्टाचारको विषयमा केहि सस्थाप्रति सरोकार राख्नेहरुले सिईओ र इलोक्टोमेकानिकल शाखाका कृष्णहरी बुढाथोकीलाई अख्तियारमा उजुरी हालेको समाचार स्रोतले बताएको छ । यस विषयमा आगामि दिनमा विस्तृतरुपमा समाचार प्रकाशित गरिने छ ।

ranechhap