वि.सं.२०८१ माघ २८ सोमवार

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक सुरु

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक सुरु भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक सुरु भएको हो ।

कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका ज्ञानेन्द्र कार्की र जीवन परियार र रास्वपाका शिशिर खनाल सहभागी छन् ।

कार्यदलले आज कार्यादेश बनाउनेतर्फ उन्मुख हुने कानूनमन्त्री पदम गिरीले बताए ।

सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका थिए ।

कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो ।

Untitled