वि.सं.२०८२ जेठ ३० शुक्रवार


skip this manthali

प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह: संसदीय समिति बनाएर मात्रै विश्वास मत लिन आउनुस्

काठमाडौ । काठमाडौ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत लिन सदनमा आउनुअघि सहकारीबारे संसदीय छानबिन समिति गठन गर्न आग्रह गरेको छ।

संघीय संसद भवनको ल्होत्से हलमा सोमबार बिहान बसेको संसदीय दल बैठकले सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेकोले संसदीय छानबिन समिति गठन गर्ने माग गरेको प्रमुख सचेतक रमेश लेखकले बताए।

‘संसदीय छानबिन समिति हाम्रो बटमलाइन हो,’ उनले भने, ‘संसदीय समिति बनाउनुस्, रवि लामिछानेमाथि अनुसन्धानको सुनिश्चितता गर्नुस्, समिति बनाएर सदनमा आउनुस्, विश्वासको मत मात्रै होइन, सरकारका जति पनि कार्यसूची छन् राति १२, १ बजेसम्म सदन चलाउनुस्, हामी तयार छौं।’

उनले संसदीय छानबिन समिति सदनबाट बन्नुपर्ने पनि बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको सोमबारको बैठकमा विश्वास मत लिने तयारी गरेका छन्। संसदीय समिति गठन नगरे कांग्रेसले सदनमा अवरोध गर्ने संकेत गरेको छ।