वि.सं.२०८१ माघ १ मंगलवार

नयाँबानेश्वरस्थित संसद् भवनमा रहेको रास्वपा सभापति रवि लामिछानको कार्यकक्षमा संसदीय दलको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा रहेको रास्वपा सभापति रवि लामिछानको कार्यकक्षमा संसदीय दलको बैठक बसिरहेको हो ।

बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतको विषयमा छलफल भइरहेको एक सांसदले जानकारी दिए ।

स्रोतका अनुसार रास्वपाले विश्वासको मतको पक्षमा ह्विप जारी गर्ने तयारी गरेको छ ।