वि.सं.२०८३ वैशाख १९ शनिवार

महन्थले भने, प्रधानमन्त्रीलाई धन्यवाद, तर सरकारमा जान हाम्रो हातगोडा बाँधिएको छ

khanepani

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले मधेसका समस्या समाधानमा चासो देखाएको भन्दै धन्यवाद दिएका छन् । यद्यपि, ओली सरकारमा सहभागी हुन भने अझै आफूहरूको हातगोडा बाँधिएको उनले बताए ।

रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै ठाकुरले भने, ‘म धन्यवाद दिन चाहन्छु प्रमलाई । उहाँले आफूले गर्न सक्ने गर्छु भन्नुभएको छ । प्रक्रिया शुरू भएको छ भन्नुभएको छ । उहाँलाई बहुत बहुत धन्यवाद छ ।

ठाकुरले आफूहरुको प्राथमिकता सरकार नभइ मुद्दा भएको बताए ।

ओलीजी प्रधानमन्त्री बन्नु भएदेखि नै हामीलाई आउनुस भन्नुभएको हो । तर, हाम्रो जवाफ छ, हाम्रो मुद्दातिर ध्यान दिनुस् । हाम्रो हातगोडा बाँधिएको छ, कसरी सरकारमा आउने ठाकुरले बताए।

आज पनि प्रधानमन्त्री निकटका व्यक्ति भेट्न आएको ठाकुरले बताए ।

हाम्रो मुद्दाको समाधानमा प्रक्रिया अगाडि बढाइएको छ भन्नुभयो, तर पूरा सूचना दिनुभएन । तैपनि प्रधानमन्त्रीलाई धन्यवाद छ, उनले बताए ।

ranechhap