वि.सं.२०८१ चैत ६ बुधवार

संसदीय समितिको मागमा अडिग रहने कांग्रेसको निर्णय, सभामुखको भूमिका तटस्थ नभएको ठहर

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस संसदीय दल वैठकले हिजोको संसद वैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर समेत गर्‍यो ।