29, May, 2024

गौशाला-२६ की वकिल मोहना अन्सारी भन्छिन्: मुद्दा जारी छ, फैसला आएको थाहा छैन

बागमती भ्वाइस
बागमती भ्वाइस
३ जेष्ठ २०८१, बिहीबार १५:०१ | १ हफ्ता अगाडी

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा अदालतले फैसला सुनाएपछि गौशाला २६ कि एक वकिलले ट्विटरमा असन्तुष्टि व्यक्ति गरेकी छन् ।

राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्यसमेत रहेकी अधिवक्ता मोहना अन्सारीले ‘फैसला आएको थाहै नपाएको’ भन्दै घुमाउरो टिप्पणी गरेकी हुन् ।

उच्च अदालतले दुई दिन लामो बहसपछि हिजो फैसला सुनाएको थियो । फैसला लिखित रुपमा उपलब्ध नगराइएको भन्दै गौशाला २६ का वकिलहरु असन्तुष्ट छन् । यद्यपि, अदालतले आरोपीलाई सफाइ दिइएको अवस्थामा लिखित आदेश नगरीकन सिधै वेबसाइटमा निर्णय लेख्ने अभ्यास छ ।

अन्सारीले नाबालिगमाथि जबरजस्ती करणीको मुद्दा नसकिएको दाबी गरेकी छन् ।

उनले आज लेखेको ट्विट यस्तो छ:

‘नाबालिका जबरजस्ती करणीको मुद्दा सकिएको छैन, तर निज बालिकाको फोटो राखेर सभ्यताका नायकहरूले फैसला नै गरिसकेका छन् । फैसला नै सार्वजनिक भैसकेको हामी कसैलाई थाहा जानकारी छैन तर टिभी च्यानल र यूट्यूबरहरुले फैसला सुनाई सके अहिले तँछाडमछाड गर्दै उफ्रिँदै छन्। राज्य नै जब पीडितको संरक्षक हुँदैन भने को बाट आस गरिन्छ । सबै राज्यका निकाय मौन छन् ।’

३ जेष्ठ २०८१, बिहीबार १५:०१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading