29, May, 2024

सहकारी प्रकरणले प्रतिनिधिसभाको बैठक प्रभावित, कांग्रेससँग कुरा नमिलेपछि ४ बजेलाई सारियो

बागमती भ्वाइस
बागमती भ्वाइस
३ जेष्ठ २०८१, बिहीबार १२:५१ | १ हफ्ता अगाडी

काठमाडौं । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति बनाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ।

अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेससँग कुरा नमिल्दा चार बजेलाई सारिएको संसद सचिवालयले सूचना जारी गर्दै जानकारी गराएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेसहित शीर्ष तहका नेताहरू सदनको गतिरोध हटाउन छलफलमा जुटेका छन्।

३ जेष्ठ २०८१, बिहीबार १२:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading