18, May, 2024

सहकारी प्रकरण छानबिनका लागि तत्काल समिति बनाउन नेविसंघ अध्यक्ष गुरुङको माग

बागमती भ्वाइस
बागमती भ्वाइस
२ जेष्ठ २०८१, बुधबार १६:३१ | २ दिन अगाडी

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले सहकारी प्रकरणमा तत्काल छानबिन समिति बनाउन सरकारसँग माग आग्रह गरेका छन् ।

नेविसंघले आयोजना गरेको र्‍यालीलाई सम्बोधन गर्दै उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि र गृहमन्त्री रवि एउटै मान्छे हो भने’ कारबाही गर्नुपर्ने बताए ।
बिहान बेलुकी छक टार्ने पैसा सहकारीमा जम्मा गरेका व्यक्तिहरूको बिचल्ली बनाएर लामिछाने सत्तामा रमाएको आरोप उनले लगाए ।

भोलिसम्म छानबिन समिति बन्ने विश्वास व्यक्त गर्दै गुरुङले तत्काल शाहकारी पीडितको पक्षमा निर्णय नभए तरुण दलको विरोधले अग्र रूप लिने बताए ।

अध्यक्ष गुरुङले नेपाल प्रहरीभित्र भइरहेको सरुवा बढुवाप्रति पनि असन्तुष्टि व्यक्त गरे । समय नै नपुगी प्रहरी अधिकृतहरुको सरुवा बढुवाले मनोबल कमजोर हुने उनले बताए ।

२ जेष्ठ २०८१, बुधबार १६:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading