29, May, 2024

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, न्यायाधीशले सीसीटीभी फुटेज हेर्ने

बागमती भ्वाइस
बागमती भ्वाइस
२ जेष्ठ २०८१, बुधबार १६:०६ | १ हफ्ता अगाडी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ । दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस भर्खरै सकिएको छ ।

फैसलाअघि न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्ने बताएका छन् ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा हिजोदेखि मुद्दाको सुनुवाइ भइरहेको छ । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज ११ बाट बहस सुरू भयो । दुवै पक्षलाई डेढ घन्टा समय दिइएको थियो । त्यसअनुसार गौशाला २६ का वकिलहरूले खाजा समय अगाडि बहस गरे ।

सन्दीपका प्रमुख वकिल सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गरे । बहस टुंगिएसँगै न्यायाधीशले सीसीटीभी फुटेज हेर्न खोजेका हुन् । त्यसपछि फैसला आउनेछ ।

२ जेष्ठ २०८१, बुधबार १६:०६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading