18, May, 2024

ललितपुरमा पार्किङ गरेका गाडी श्रंखलाबद्ध रुपमा चोरी, १ जना पक्राउ

बागमती भ्वाइस
बागमती भ्वाइस
२ जेष्ठ २०८१, बुधबार १४:२२ | २ दिन अगाडी

काठमाडौं। ललितपुरमा पार्किङ गरेर राखेका गाडीहरु श्रंखलाबद्ध रुपमा चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–३ घर भई ललितपुर महानगरपालिका–२ सानेपा बस्दै आएका २९ वर्षीय गणेश बहादुर गौतम छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले काभ्रे प्रहरीसँग समन्वय गरेर उनलाई काभ्रेको भुम्लु गाउँपालिका–१० बाट पक्राउ गरेको हो ।

ललितपुरमा पार्किङ गरेर राखेका बा १५ च ९८२५, बा १२ च ४७०६ र बा ७ च ७७० नम्बरको टाटा कम्पनीको पिकअप गाडीहरु श्रंखलाद्ध रुपमा चोरी भएको थियो । जसमध्ये

बा १५ च ९८२५ र बा १२ च ४७०६ गाडीहरु नैकाप र सतुङ्गलमा वेवारिसे अवस्थामा दुबै गाडीको ब्याट्र निकालिएको अवस्थामा भेटिएको थियो ।

तयसैगरी बा ७ च ७७० नम्बरको को पिकअप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोला धादिङबाट नियन्त्रणमा लिइएको परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले बताए ।

पक्राउ परेका गौतमविरुद्ध चोरीको कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

२ जेष्ठ २०८१, बुधबार १४:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading