काठमाडौं । प्रतिनिधि सभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ ।
मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो ।
प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुनेछ ।
जेठ ४ गते, ६ गते, ७ गते र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । ९ गते पनि छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने गरी संसदीय क्यालेन्डर तय भएको छ ।
नीति तथा कार्यक्रम चलिरहेकै समयमा समेत शून्य समय, विशेष समय, केही विधेयक अघि बढाउने र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलाउने लगायतका विषयसमेत सञ्चालन गरिने संसदीय क्यालेन्डरमा छ ।