18, May, 2024

उच्च पद प्राप्त गर्दैमा कानूनी जवाफदेहिताबाट मुक्त भइन्छ भन्ने भ्रम सरकारले चिर्‍यो : राष्ट्रपति रामचन्द्र पौडेल

बागमती भ्वाइस
बागमती भ्वाइस
१ जेष्ठ २०८१, मंगलवार १५:२९ | ३ दिन अगाडी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् । उनले सरकारको हालसम्मको कार्यकाल उत्साहजनक रहेको सुनाए ।

सरकारले लिएका भ्रष्टाचार नियन्त्रण, सुशासन र मितव्ययिताको कार्यान्वयनबाट नागरिकमा आशा र भरोसा बढेको राष्ट्रपतिले दाबी गरेका छन् ।

उनले नीति कार्यक्रम पढ्दै भने, ‘सरकारको नीतिले सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव परेको छ । सबै किसिमका भ्रष्टाचार छानबिनको दायरामा आएका छन् । उच्च पद प्राप्त गर्दैमा कानूनी जवाफदेहिताबाट मुक्त भइन्छ भन्ने भ्रम चिर्न सरकार सफल भयो । नागरिकमा आशा र भरोसा बढ्यो ।’

१ जेष्ठ २०८१, मंगलवार १५:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading