29, May, 2024

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक ललितपुरको बालकुमारीमा सुरू

बागमती भ्वाइस
बागमती भ्वाइस
१ जेष्ठ २०८१, मंगलवार १२:५९ | २ हफ्ता अगाडी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

मंगलबार पार्टीको आठौँ बैठक ललितपुरको बालकुमारीमा सुरू भएको हो ।

बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

दुई दिनसम्म चल्ने बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल हुनेछ ।

एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ । यस विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने जनाइएको छ ।

१ जेष्ठ २०८१, मंगलवार १२:५९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading