29, May, 2024

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरू, सरकारी वकिलले बहस गर्दै

Bagmati Voice
संवाददाता
१ जेष्ठ २०८१, मंगलवार १२:१५ | २ हफ्ता अगाडी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सुरू भएको छ । दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सुनवाइ थालेका हुन् ।

सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको थियो । केही बेरअघि बहस थालिएको उच्च अदालत स्रोतले बतायो । मुद्दामा न्यायाधीशले कुनै आदेश दिएनन् भने आज-भोलिमै फैसला आउन सक्छ ।

आज सुरूमा सरकारी वकिलहरुले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपका वकिलहरूले बहसमा भाग लिने छन् ।

१ जेष्ठ २०८१, मंगलवार १२:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading