14, Jun, 2024

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत, ५७ जनाको समर्थन

बागमती भ्वाइस
बागमती भ्वाइस
३१ बैशाख २०८१, सोमबार १५:४३ | १ महिना अगाडी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । ६२ जना प्रदेशसभा सदस्य उपस्थित बैठकबाट उनले ५७ मत पाए । ५ जना भने तटस्थ बसे ।

संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए ।

उनले यसअघि प्रदेश सभाको आजको बैठकमा संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मतको प्रस्ताव पेस गरेका थिए ।

३१ बैशाख २०८१, सोमबार १५:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading