काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक अवरोध अन्त्य भई सदन नियमित सञ्चालन हुने बताएका छन्।
पूर्वी चितवनमा सोमबार भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिक रूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए।
‘सदनको गतिरोध अन्त्य भइसकेको छैन,’ उनले भने, ‘आज यसबारे हामी टुंगोमा पुग्नुपर्नेछ, दलहरूबीच सघन छलफल हुन्छ।’
उनले सरकारको स्थिरतामा शंका नगर्न समेत आग्रह गरेका छन्।
‘अहिलेको समीकरण पूरै कार्यकाल जान्छ। सहमति अनुसार मिलेर अघि बढ्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने।