वि.सं.२०८३ असार १९ शुक्रवार

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटघाट

khanepani

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् ।

आइतबार दिउसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटघाट भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

मंगलवार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सो विषयमा पनि प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गरेका हुन् ।

ranechhap