वि.सं.२०८३ असार १७ बुधवार

साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ खरिद–बिक्री?

khanepani

काठमाडौ । काठमाडौ साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदी घटेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ।

शुक्रबार प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १७ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap