14, Jun, 2024

सामाजिक संस्था लियो ३३५ पि नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर निर्वाचित

बागमती भ्वाइस
बागमती भ्वाइस
३० बैशाख २०८१, आईतवार १०:३५ | १ महिना अगाडी

रुपन्देही । सामाजिक संस्था लियो ३२५ पि नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्दा कुँवर निर्वाचित भएकी छन् ।

शनिवार तिलोत्तमा नगरपालिका शंकरनगरमा भएको अधिवेशनबाट जिल्ला ३२५ पी नेपालको सन २०२४–२०२५ को लागि कुँवर निर्वाचित भएकी हुन् ।

त्यस्तै कार्य समितिको उपाध्यक्षमा प्रविन पौडेल,सचिवमा सुमन पौडेल र कोषध्यक्षमा प्रविन गौडेल निर्वाचित भएका छन् ।

विगत १० वर्षदेखि निरन्तर लियो क्लबमार्फत सामाजिक काममा क्रियाशील रहेकी युवा राजनीतिकर्मी कुँवर गत वर्ष लियो क्लबको उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

देवदह नगरपालिका ५ खैरेनी निवासी कुँवर सामाजिक कार्यकर्ताको रुपमा विभिन्न क्लब र सामाजिक संस्थामा समेत क्रियाशील छिन् ।

निर्वाचित भएसगै लियो ३२५ पि नेपाललाई सामाजिक र रचनात्मक कार्यक्रमसहित प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् ।

३० बैशाख २०८१, आईतवार १०:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading