काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीका समर्थकलाई सनाखतका लागि उपस्थित हुन भनेका छन् ।
कार्कीले आज नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका थिए।
प्रदेश प्रमुख खापुङले ती समर्थकहरुलाई आजै दिउँसो साढे १२ बजेभित्र उपस्थित भइ सनाखत गर्न भनेका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए ।
सरकार गठनको आह्वानविरुद्ध कामचलाउ भएका मुख्मन्त्री कार्की सर्वोच्च अदालत जाँदै छन् ।