21, May, 2024

महाकाली टापुमा १२ घण्टादेखि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका २८-३० जना मजदुर फसे, जोखिम कम

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ बैशाख २०८१, बिहीबार ०८:०७ | १ हफ्ता अगाडी

कैलाली । कञ्चनपुरको महाकाली नदीमा ट्र्याक्रसहित मजदुर थुनिएका छन् ।

नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ ट्र्याक्रसहित करिब २८–३० जना मजदुर थुनिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

हिजो साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका फसेकाहरु अझै त्यही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीको बीच टापुमा करिब अढाइ/तीन सय स्थानीय नदीजन्य वस्तु सङ्कलनका बेला त्यही टहरा बनाएर बस्ने गरेका छन् ।

सोही क्षेत्रमा अहिले ट्र्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम भने नरहेको उनले बताए । फसेकाको उद्धारका लागि पहल गरिए पनि जोखिम नभएकाले टापुमै बसिरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।

२७ बैशाख २०८१, बिहीबार ०८:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading