20, Jun, 2024

संघीय संसदको बजेट अधिवेशन बोलाउने तयारी,कानूनमन्त्री गिरी भन्छन्, ‘धेरै विधेयक छिट्टै टुंग्याउनुछ’

बागमती भ्वाइस
बागमती भ्वाइस
१९ बैशाख २०८१, बुधबार १६:०९ | १ महिना अगाडी

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको बजेट अधिवेशन वैशाख २५ वा २६ मा गते बोलाउने तयारी भइरहेको बताए । आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

त्यस्तै संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐन संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडि बढिने गिरीको भनाइ छ । बजेट अधिवेशन भएपनि धेरै भन्दा धेरै विधेयक पारित हुने उनको विश्वास छ ।

सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि कानूनमन्त्री गिरीले बताएका छन् । यद्यपि छिटो पारित गर्नेगरी संसदमा विधेयक नै आउनसक्ने उनको भनाइ छ ।

मन्त्री गिरीले संसदलाई सहज ढंगले चलाउनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल भइरहेको र सकारात्मक कुरा भएको बताएका छन् ।

१९ बैशाख २०८१, बुधबार १६:०९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading