20, Jun, 2024

एलओडी क्लबसहित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझहरुलाई मनोरञ्जन कर बुझाउन महानगरको सूचना

बागमती भ्वाइस
बागमती भ्वाइस
१९ बैशाख २०८१, बुधबार ०९:०० | १ महिना अगाडी

काठमाडौं । एलओडी क्लबसहित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझहरुलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ ।

महानगरको राजश्व विभागले ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिजलगायतलाई मनोरञ्जन कर तिर्न बुधबार ३५ दिने सूचना निकालेको हो । जारी गरेको सूचनामा ग्यारेज इन्टरटेन्मेन्टले ९ मंसिर ०८० मा होटल हायातमा सांगीतिक कन्सर्ट गरेको उल्लेख छ ।

महानगरले यसअघि १६ फागुन ०८० मा रात्रिकालीन क्बल, डान्सबार, दोहोरी साँझलाई कर तिर्न पत्राचार गरेको थियो । तोकिएको अवधिमा कर दाखिला नगरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

एलओडी काठमाडौं महानगरपालिका मनोरञ्जन कर

१९ बैशाख २०८१, बुधबार ०९:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading