20, Jun, 2024

पहिचानवादीलाई नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको सुझाव, कसैको हक खोसिएको भए मेरो ल फर्ममा आउनुस्

बागमती भ्वाइस
बागमती भ्वाइस
१८ बैशाख २०८१, मंगलवार १६:१३ | १ महिना अगाडी

इलाम । नेकपा एमालेका युवा नेता तथा इलाम २ का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पहिचानवादी राजनीतिका नाममा समाजमा अपवाह फैलाउने काम नगर्न आह्वान गरेका छन् ।

इलाममा आयोजित विजय सभामार्फत मतदातालाई धन्यवाद दिँदै सांसद नेम्वाङले पहिचानको राजनीतिबारे स्वर्गीय बुवा सुवास नेम्वाङकै शैलीमा आफ्नो धारणा राखेका हुन् । अध्यक्ष केपी शर्मा ओलीभन्दा अगाडिको वक्ताका रूपमा उभिएका सुहाङले पहिचानको नाममा भ्रामक अफवाह फैलाउन नहुने भन्दै सबै मिलेको इन्द्रेणी समाजको व्याख्या गरे ।

उनले भने, ‘एउटा छुटाउन नहुने कुरा मैले इन्द्रेणी समाजको कुरा गर्दै आएको छु । यो सबै जाति समुदाय मिलेर बसेको समाजमा इन्द्रेणीको सातवटा रंग कति राम्रो सुन्दर देखिन्छ । त्यस्तै हामी पनि आज यहाँ सबै जातजातिको अभिभावक, मित्रहरू छौं सबै मिलेर एक अर्कालाई साथ दिन उभिएका छौं । विकास निर्माणको अभियानमा हामी एकजुट भएर अघि बढेको देख्छ एकदमै खुसी लागेको छ । त्यसैले अग्रज अभिभावक र मेरा मित्रहरूमा म आग्रह गर्न भ्रामक अफवाहमा नलागौं । कुनै विषयमा मत भिन्नता छ भने संवादबाट हल हुन्छ । यदि कसैको हक अधिकाार खोसिएको छ भने म मेरो ल फर्मबाट निःशुल्क मुद्दा लडिदिन्छु ।‘

नेम्वाङले एमाले आफू हरेक मतको सम्मान गर्दै अघि बढ्ने र आउने २०८४ को निर्वाचनमा घर-घर जानु नपर्नेगरी राम्रो काम गर्ने बताए ।

१८ बैशाख २०८१, मंगलवार १६:१३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading