वि.सं.२०८३ वैशाख १७ बिहीवार

शुभारम्भ र उद्घाटनमा फरक के ? राष्ट्रपति र प्रधानमन्त्री बिरुद्ध सिइओ शाक्यले जालझेल गर्दै मेलम्चीको पानी पठाएर घरघरमा

khanepani

काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंका जनताको घरघरमा पुगेको छ । यो राष्ट्रिय गौरबको आयोजना पनि हो । यति ठ्रलो र देशकै गौरब बढाउने आयोजनाबाट आएको पानी जनताको घरघरमा पठाउनु अघि राष्ट्रिपति वा प्रधानमन्त्रीबाट शुभारम्भ गरिएला भनेको तर, काठमाडौं पानी वितरण गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिनकुमार शाक्यले यहि १५ गते अर्थात हिजो शनिवार केहि पत्रकार र केहि आफु निकटका युनियनका नेताहरुलाई साछी राखेर पानी वितरण शुभारम्भ गरेका छन ।

उनले कुन हैसियतले यो काम गरे भनेर प्रधानमन्त्री निवास र राष्ट्रिपति निवासमा समेत चर्चा भएको समाचार स्रोतले दावी गरेको छ ।
यो राष्ट्रिय गौरबको आयोजनाको पानी शुभराम्भ गर्दा वा उद्घाटन गर्दा राष्ट्रि प्रमुख र प्रधानमन्त्रीबाट गरिनु पर्ने हुन्छ । तर, शाक्यले किन यसको आवश्यकता ठानेन र सानो झुण्डलाई साक्षी राखेर पत्रकार सम्मेलन गररै महांकालचौर पानी पोखरीबाट जनताको घरघरमा २७ इन्चीको साँचो चलाएर पानी वितरण शुभारम्भ गरे यो आश्र्चाय र सर्वत्र चासोको विषय भएको छ ।

एक पटक उद्घान तथा शुभराम्भ भइसकेको योजना र आयोजना पुनः शुभारम्भ र उद्घान गर्न नैतिक रुपमा मिल्छ कि मिल्दैन त्यो सरोकारवालाहरुले जान्ने कुरा हुन सक्छ ।
उनले पानीको घर घरमा पुग्छ पुग्दै भनेर चेक गर्न सक्छन त्यो पत्रकार सम्मेलन नै नगरिकन । जसलाई गोप्यरुपमा नै गर्न सकिन्छ । तर, सचिव, मन्त्रिहरुकै सक्रियतामा घरघरमा पुगेर पानीको धारा खोलेको पनि देखियो यो कस्तो खालनको चलन र प्रक्रिया हो, आम मानिस आश्र्चायमा परेका छन ।

नौं तहको कर्मचारीको व्यवस्थापन गर्नु पर्ने सुन्दरीजलमा अनेक जालझेल गरेर सातौ तहको कर्मचारी पठाएर बहादुरी कमाएका शाक्य सिइओले मेलम्चीको पानी शुभारम्भ पनि त्यसै गरि जालझेल गरेरै शुभारम्भ गरेर अर्कोे बहादुरी पनि देखाए । त्यसका किनाराका साछी देखिए खानेपानी मन्त्री मणीचन्द्र थापा र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डका कार्यकारी निर्देशक सञ्जिव बिक्रम राणा ।

सचिव माधव बेल्वासे त उनैका सल्लहाकार हुन । उनका विषयमा चर्चा गर्नु वेकार हुन्छ । उनैले यतिखेर केयूकेएल चलाएको चर्चा छ । उनी जागिरको अन्तिम अन्तिम अवस्थामा पुगेका छन । यहि मौकामा उनीहरुका कुकर्महरुको चाहनालाई साथ दिए जागिर सकिएपछि कुनै योजना र आयोजनाको कन्सल्टेण्ड बन्ने तिव्र इच्छा र चाहनाले पनि घर गरेको हुन सक्छ । तर, मन्त्री थापालाई त्यो आवश्यकता र चहाना अवस्य पनि नहुनु पर्ने हो ।

ranechhap