14, Jun, 2024

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले दिए स्वीकृति

बागमती भ्वाइस
बागमती भ्वाइस
१३ बैशाख २०८१, बिहीबार १४:१२ | १ महिना अगाडी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (वैशाख १५) को प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

१३ बैशाख २०८१, बिहीबार १४:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading