20, Jun, 2024

नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति मेयर बालेन्द्र साहको असन्तुष्टि

बागमती भ्वाइस
बागमती भ्वाइस
१३ बैशाख २०८१, बिहीबार ११:५६ | १ महिना अगाडी

काठमाडौं । नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने तयारी गरेकोप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले असन्तुष्टि व्यक्त गरेका छन् । उनले यस्तो कार्यको वैधतामा समेत प्रश्न उठाएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै बालेनले असन्तुष्टि पोखेका हुन् । उनले लेखेका छन्, ‘जनावर बेच्नु वा उपहारमा दिनु वैध हो ? मरुभूमिमा जङ्गली जनावर कसरी बाँच्न सक्छन् ?’

बालेनले नेपालमा पशुअधिकारलाई जोक बनाइएको टिप्पणी समेत गरेका छन् ।

कतारी राजा शेख तमिम विन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आएर हिजो फर्केका थिए । उनले नेपालबाट दुईवटा हात्ती लिएर जाने चर्चा चलेको थियो ।

यद्यपि, विभिन्न प्रक्रिया पूरा गर्न बाँकी रहेकाले हात्ती लगिसकिएको छैन । सामाजिक सञ्जालमा भने हात्तीलाई गाडीमा लोड गरिएको पुरानो भिडियो भाइरल भइरहेको छ ।

१३ बैशाख २०८१, बिहीबार ११:५६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading