काठमाडौ । काठमाडौ उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ३१ औं बैठक बिहीबार बस्दैछ।
सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल (डोलप्रसाद)ले चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रमको प्रगतिबारे जानकारी गराउने छन्।
यसका अतिरिक्त मन्त्रालयबाट भए गरेका कामकारवाहीका सम्बन्धमा पनि जानकारी लिने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ।