06, May, 2024

काठमाडौंबाट देहरादुन सिधा उडान गर्न उत्तराखण्ड सरकारले सहुलियत दिँदै

बागमती भ्वाइस
बागमती भ्वाइस
१२ बैशाख २०८१, बुधबार १४:१२ | १ हफ्ता अगाडी

काठमाडौं । नेपालको राजधानी काठमाडौंसँग सिधा उडान भर्न भारतको राज्य उत्तराखण्डले पहलकदमी सुरु गरेको छ ।

देहरादुनबाट काठमाडौं सिधा उडान भर्ने उडानलाई सहुलियत दिने पनि उत्तराखण्ड राज्य सरकारले कार्यक्रम ल्याएको छ ।

भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार नेपालको राजधानी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उत्तराखण्डको राजधानी जोली ग्रान्ट विमानस्थलसँग सिधा उडान गर्न इच्छुक हवाई कम्पनीहरूको प्रस्ताव माग गरिएको छ ।

भारतको संघ सरकारले यो प्रस्तावको साथ दिएर कुरा अगाडि बढेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । भारतमा गैर आवासीय भारतीय मात्रै नभएर विदेशी पर्यटकहरूको आगमन बढाउन यस्तो कार्यक्रम ल्याइएको बताइएको छ ।

उत्तराखण्ड सरकारको प्रस्ताव अनुसार हप्तामा तीन फन्को उडान गर्न सक्ने हवाई जहाज कम्पनीहरूले प्रस्ताव पेश गर्न सक्छन् ।

भाडादर प्रचलित बजारको अनुपात अनुसार चलाउन भनिएको छ । एक वर्षको सम्झौता गर्न भनिएका हवाई कम्पनीहरूले न्यूनतम ७० सिटे जहाज उडाउनुपर्ने छ ।

बिहीबारबाट इच्छुक जहाजहरूको छनौट सुरु हुने र त्यसको नजिता ६० दिन भित्रमा आउने बताइएको छ ।

१२ बैशाख २०८१, बुधबार १४:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading