04, May, 2024

कतारका राजालाई स्वागत गर्दै राजेन्द्र लिङदेनले भने, ‘हीनताबोध नगरी नवीन समझदारी गरौंं’

बागमती भ्वाइस
बागमती भ्वाइस
११ बैशाख २०८१, मंगलवार १४:१२ | १ हफ्ता अगाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले अभिभावकीय राजसंस्थाको पुनःस्थापना गर्न ढिला गर्न नहुने बताएका छन् ।

कतारका राजा शेख तमीम विन हमद अल थानीलाई नेपालमा स्वागन गर्दै उनले नेपालमा पनि राजसंस्था पुनःस्थापनामा ढिला गर्न नहुने बताएका हुन् ।

‘कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिने कार्यक्रम छ । नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो’, उनले भनेका छन्, ‘त्यसैले हीनताबोध नगरौं, नवीन समझदारी गरौंं ।’

नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनःस्थापित गर्न अभिभावकीय राजसंस्थाको पुनःस्थापना गर्नुपर्ने उनको भनाइ छ ।

११ बैशाख २०८१, मंगलवार १४:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading