06, May, 2024

महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स प्रस्थान, निमित्तको जिम्मेवारी राईलाई

बागमती भ्वाइस
बागमती भ्वाइस
१० बैशाख २०८१, सोमबार ०८:३२ | १ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयले वैशाख ११ गतेदेखि १३ गतेसम्म लियोनमा १९औं इन्टरपोल सम्मेलन आयोजना गरेको छ । त्यसमा इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुखहरु सहभागी हुन्छन् ।

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान गरेपछि निमित्तको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले पाएका छन् ।

१० बैशाख २०८१, सोमबार ०८:३२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading