काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा चलिरहेको बेला पौडेलमाथि अख्तियारले अर्को मुद्दा दायर गरेको हो । पौडेलमाथि अकुत सम्पत्ति आर्जनमा मुद्दा विचाराधीन छ ।
अख्तियारद्वारा आज दायर मुद्दामा पौडेलले राष्ट्र सेवकको हैसियतमा बहाल रहेकै अवस्थामा अमेरिकाको पीआर लिएको साथै पदावधि थपिएपछि पनि उक्त कुरा लुकाएर झुट्टा विवरण देखाएको उल्लेख छ ।