काठमाडौं । शनिवारबाट ललितपुरको गोदावरीमा शुरु भएको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठक आज पनि जारी छ ।
आज बैठकमा पेस भएका प्रतिवेदन उपर समूहगत छलफल हुनेछ ।
प्रतिवेदनलाई आज नै पारित गरेर बैठक सम्पन्न गर्ने बताइएको छ । परिषद्को प्रथम बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन प्रश्तुत गरेका थिए ।