02, May, 2024

गृहमन्त्री लामिछाने भन्छन्, ‘इमान नै मेरो सम्पत्ति हो, ठूलो माछा भनेर पछि हट्दिनँ’

बागमती भ्वाइस
बागमती भ्वाइस
७ बैशाख २०८१, शुक्रबार १५:३७ | १ हफ्ता अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू इमानको एउटा सम्पत्ति बोकेर हिँडिरहेको बताएका छन् । इलाम २ का उम्मेदवार मिलन लिम्बूलाई भोट माग्दै माङसेबुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बैमानहरुको बीचमा इमान्दारिताको प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक नभएको बताए ।

उनले भने, ‘आज हामीले देशभरको सरकारी जमिन हडपेर गैरकानूनी रुपमा धन्दा गरेका ठाउँलाई सबै ठाउँमा शिल गर्नको लागि हामीले परिपत्र जारी गरेका छौं । तर, भोलिपल्ट समाचारमा के आउँछ मलाई थाहा छैन । सानो माछा होस्, ठूलो माछा होस् पक्रिन सकिन्छ, बर्षौँको धुलो टकटक्याउन समय लाग्छ । तर, हामीलाई त्यति समय लाग्दैन जति तपाईंहरुल सोच्नुभएको छ । हामीलाई सरकारमा किन गएका छौं भन्ने स्पष्ट थाहा छ । अर्बौँ खर्बौँको भ्रष्टाचारको फाइललाई एकातिर लुकाएर यि नयाँ पनि त्यस्तै हुन् भन्ने कुरा तपाईंहरुलाई बुझाएर भन्न खोजिएको छ । त्यसैले आजको जनता सचेत छन्, विवेक पुर्याउँछौं ।’

उनले आफ्नो पार्टीका सांसद सरकारमा गएपछि महत्वपूर्ण कदम चालिरहेको बताए । उनले इलामको विकासको मुद्दा बोकेर हिँडेका आफ्ना पार्टीका उम्मेदवार मिल लिम्बूलाई जिताउन आग्रह गरे ।

७ बैशाख २०८१, शुक्रबार १५:३७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading